भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

मुख्य बुँदा

डिभिजन वन कार्यालय लहानले वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटायो।

बलान सामुदायिक वनको अतिक्रमित जग्गा खाली गराइयो।

सिरहामा पार्क, पोखरी संरक्षण र सौन्दर्यीकरणका कार्यक्रम सञ्चालन।

विभिन्न सामुदायिक वनमा वृक्षारोपण र सिमसार संरक्षण अभियान।

९० क्युफिट चिरान काठ र १३० क्युफिट गोलिया काठ बरामद, तीन जना पक्राउ।

जनकपुरधाम, ५ साउन । डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाएको छ । जिल्लाको गोलबजार नगरपालिकास्थित चोहर्वा ब्यारेक नजिकै वन क्षेत्र अतिक्रमण गरेर बनााइएको संरचना हटाइएको कार्यालय प्रमुख बेचन चौधरीले जानकारी दिए ।

यस्तै बलान सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरेर खनजोत गरेर खेती गरिरहेको जग्गा खाली गराएको प्रमुख चौधरीले बताए । सो कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा वन संरक्षण, जैविक विविधता प्रवर्द्धन, सार्वजनिक स्थलको सौन्दर्यीकरण तथा वन पैदावारको चोरी तस्करी नियन्त्रणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यालय प्रमुख चौधरीका अनुसार सिरहाको नवराजपुर गाउँपालिका–स्थित सोनबर्षा विद्यालय परिसरमा रु १६ लाखको लागतमा ‘हिरत पार्क’ निर्माण गरिएको छ । पार्कमा घेराबार, राष्ट्रिय झण्डा राख्ने संरचना, पदमार्ग तथा विद्यार्थीलाई खेलकुदका लागि खुला स्थान निर्माण गरिएको प्रमुख चौधरीले बताए ।

यसैगरी धनगढीमाई नगरपालिकाको तिनकोनीस्थित पोखरी रु २४ लाखको लागतमा संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । सो योजनाअन्तर्गत पोखरीमा घाट निर्माण तथा वरपरको क्षेत्र व्यवस्थित बनाइएको प्रमुखको भनाइ छ ।

उनका अनुसार धनगढीमाई मन्दिर परिसरमा रु चार लाखको लागतमा पार्क निर्माण गर्नुको साथै जिरोमाइलस्थित पार्क रु तीन लाख ६० हजारको लागतमा मर्मत गरिएको छ । वन क्षेत्रको संरक्षणका लागि बलानमाई सामुदायिक वन, सुबेदार चौरी सामुदायिक वन तथा बलान खोला सन्यासी सामुदायिक वनमा वृक्षारोपण गरिएको छ ।

झ्वाई खोल्सी सामुदायिक वन र राजदेवी चुरे सामुदायिक वनमा सिमसार संरक्षणका कार्यक्रम सञ्चालन गरिएका छन्। मुतनी खोला सामुदायिक वनलाई प्राङ्गारिक मल उत्पादनका लागि अनुदानसमेत उपलब्ध गराइएको प्रमुख चौधरीले बताउनुभयो ।

कार्यालयले वन पैदावारको अवैध कटानी तथा ओसारपसार नियन्त्रणका लागि नियमित गस्तीलाई निरन्तरता दिएको जनाएको छ ।

सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार आर्थिक वर्ष २०८२र८३ मा ९० क्युफिट चिरान काठ र १३० क्युफिट गोलिया काठ बरामद गरिएको छ । वन पैदावार चोरी तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको उनले जानकारी दिए ।

चुरे क्षेत्रबाट हुने ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि पनि नियमित अनुगमन तथा गस्ती सञ्चालन चोरी तस्करीमा कमी आएको सूचना अधिकारी चौधरीले बताए ।

वन संरक्षणसँगै सार्वजनिकस्थलको सौन्दर्यीकरण, सिमसार संरक्षण, वृक्षरोपण तथा सामुदायिक वनको सुदृढीकरणमार्फत वातावरण संरक्षण र स्थानीय समुदायको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम कार्यान्वय गरिएको सूचना अधिकारी चौधरीको भनाइ छ । रासस

 


Thali Mobile Pvt.Ltd.