भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण तीव्र, १६ हजार हेक्टरमा बाह्रैमास सिँचाइ पुग्ने

सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण तीव्र, १६ हजार हेक्टरमा बाह्रैमास सिँचाइ पुग्ने

बाँके, २५ बैशाख । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत डुडुवा शाखा नहर निर्माणकार्य द्रुतगतिमा अघि बढाइएको छ । आयोजनाको पश्चिमी मूल नहरअन्तर्गत निर्माण भइरहेको २३.४ किलोमिटर लामो डुडुवा शाखा नहरबाट करिब १६ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको आयोजना कार्यालयले जनाएको छ ।

सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार नहरअन्तर्गत खजुरा र मानपुर दुई मुख्य शाखा रहनेछन् । विगतमा ठेक्का विवादका कारण रोकिएको निर्माणकार्य पुरानो ठेक्का रद्द गरी नयाँ कम्पनीमार्फत अघि बढाइएको हो । हालसम्म नहर निर्माणको करिब २५ प्रतिशत प्रगति भएको छ ।

नेपालगन्ज–सुर्खेत सडकखण्डको पिप्रहवादेखि राँझासम्म करिब पाँच किलोमिटर क्षेत्रमा टनेलमार्फत नहर निर्माण गरिनेछ भने बाँकी भाग खुला संरचनामा बन्नेछ । रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले एक अर्ब १२ करोड रुपैयाँ लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मा पाएको छ ।

आयोजनाअनुसार मूल नहरबाट १८ क्युमेक्स पानी डुडुवा शाखा नहरमा प्रवाह गरिनेछ । नहर निर्माण सम्पन्न भएपछि बाँकेको नेपालगन्ज, जानकी, खजुरा र डुडुवा गाउँपालिकाका किसानले वर्षैभरि सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.