भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण तीव्र, १६ हजार हेक्टरमा बाह्रैमास सिँचाइ पुग्ने

सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण तीव्र, १६ हजार हेक्टरमा बाह्रैमास सिँचाइ पुग्ने

बाँके, २५ बैशाख । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत डुडुवा शाखा नहर निर्माणकार्य द्रुतगतिमा अघि बढाइएको छ । आयोजनाको पश्चिमी मूल नहरअन्तर्गत निर्माण भइरहेको २३.४ किलोमिटर लामो डुडुवा शाखा नहरबाट करिब १६ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको आयोजना कार्यालयले जनाएको छ ।

सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार नहरअन्तर्गत खजुरा र मानपुर दुई मुख्य शाखा रहनेछन् । विगतमा ठेक्का विवादका कारण रोकिएको निर्माणकार्य पुरानो ठेक्का रद्द गरी नयाँ कम्पनीमार्फत अघि बढाइएको हो । हालसम्म नहर निर्माणको करिब २५ प्रतिशत प्रगति भएको छ ।

नेपालगन्ज–सुर्खेत सडकखण्डको पिप्रहवादेखि राँझासम्म करिब पाँच किलोमिटर क्षेत्रमा टनेलमार्फत नहर निर्माण गरिनेछ भने बाँकी भाग खुला संरचनामा बन्नेछ । रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले एक अर्ब १२ करोड रुपैयाँ लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मा पाएको छ ।

आयोजनाअनुसार मूल नहरबाट १८ क्युमेक्स पानी डुडुवा शाखा नहरमा प्रवाह गरिनेछ । नहर निर्माण सम्पन्न भएपछि बाँकेको नेपालगन्ज, जानकी, खजुरा र डुडुवा गाउँपालिकाका किसानले वर्षैभरि सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.