भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

सिम्ता मोटरसाइकल दुर्घटनामा ईन्जिनियरको मृत्यु

सिम्ता मोटरसाइकल दुर्घटनामा ईन्जिनियरको मृत्यु

मोटरसाइकल दुर्घटना
सुर्खेत । सिम्ता मोटरसाइकल दुर्घटनामा परी ईन्जिनियरको घटना स्थलमै मृत्यु भएको छ ।

सुर्खेतदेखि जाजरकोटतर्फ जाँदै गरेको बा ९५ प– ५२९६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको भे १ त– ४५ नम्बरको ट्याक्टर हिजो साँझ सिम्ता गाउँपालिका–६ जामुनेबजारमा एक आपसमा ठोक्किदा वीरेन्द्रनगर नगरपालिका–३ का २९ वर्षीया ईन्जिनियर विजय रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ ।

मृत्तक राना नेपाल ईन्जिनियरिङ एसोसिएसन कर्णाली प्रदेश सदस्य थिए । मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१ का २३ वर्षीय रुपेश गिरीको अवस्था चिन्ताजनक रहेकाे डीएसपी लक्ष्मणबहादुर शाहीले बताए । गिरीको उपचार अहिले सुर्खेत स्थित प्रदेश अस्पताल कालागाउँमा भईरहेको छ ।

ट्याक्टर र चालक बर्दिया बासगढी–३, का २३ वर्षिय राजेश थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.