भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

आठबीस नगरपालिकामा काँग्रेसले लगायाे ताला, नगरकाे कार्यप्रति सत्तापक्षसमेत रुष्ट

आठबीस नगरपालिकामा काँग्रेसले लगायाे ताला, नगरकाे कार्यप्रति सत्तापक्षसमेत रुष्ट

दैलेख । नेपाली काँग्रेस आठवीस नगरकार्य समितिले आठवीस नगरपालिकामा तालाबन्दी गरेको छ । नगरप्रमुख तर्क बहादुर बडुवाल एकलौटी रुपमा चल्न थालेको, जनताले पाउने सेवा सुविधातर्फ ध्यान दिन नसकेको, नगरपालिकामा भ्रष्टाचार बढेको, सेवाग्राहीलाई सास्ती दिइरहेको आरोप लगाउँदै काँग्रेसले तालाबन्दी गरेकाे नगरसभापति अर्जुन शाहीले बताए ।

यस्तै, शिक्षक कर्मचारीहरुको तलवसमेत नदिइएको, सामाजिक सुरक्षा भत्ता वितरण नगरिएको, विद्यालयमा दिवा खाजा कार्यक्रम तथा मसलन्द खर्च व्यवस्थापन नगरिएको, प्रमूख प्रशासकीय अधिकृत नहुँदा विकासे कार्यहरु ठप्प पारिएकोले तालाबन्दी गर्नुपरेकाे नेपाली काँग्रेसले जनाएकाे छ । नगरपालिकाको सत्तामा रहेका बाहेकलाई वेवास्ता गर्ने गरेको, वडा कार्यालयमा सचिवहरु नपठाएको तथा नगरपालिकाले संकलन गर्ने राजश्वको विवरण सार्वजनिकसमेत नगरेको आरोप छ ।

जनताले दिएको म्याण्डेट अनुसारको काम सरकारले गर्न नसकेको आरोप लगाउँदै प्रेम प्रकाश शाहीले भने, ‘हामीले बारम्बार नगर सरकारको ध्यानाकर्षण गराएका छौं । विभिन्न ५६ बुदा भन्दा बढि मागहरु विगतदेखि नै राख्दै आइरहेका छौं, तर त्यसप्रति सरकार सधैं गैरजिम्मेवार बन्न थालेको कारण आज हामी बाध्य भएर तालावन्दी गर्ने निष्कर्षमा पुगेका हौं ।’

फागुन १२ गते काँग्रेसले राखेका मागहरु सम्वोधन गर्ने पत्र नगरप्रमूख बडुवालले दिएकाे भएपनि अहिले सम्म कार्यान्वयन त के वास्ता समेत नगरेकाे बताए । ‘उहाँहरुले दिएको समय अनुसार हामी पर्खियौं तर आज नगरपालिकामा जाँदा न कर्मचारी भेटिएका छन, न त नगरप्रमूख नै भेटिएका छन् । यो भनेको गम्भीर सवाल हो ।’शान्तिपूर्ण रुपमा मागहरु सम्वोधन नगरिए आन्दोलन गर्नुको विकल्प छैन । जनतालाई सेवा प्रवाह नगरेको कुरा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं ।

आठबीसका जनताका लागि हाम्रोतर्फबाट अधिकतम प्रयास गर्छौं ।’ एमाले नेतृत्वको सरकारमा अहमता बढेको जिल्ला कार्य समिति सदस्य नरबहादुर महतारा र डिल्ली प्रसाद खनालकाे भनाइ छ । यसैबीच, नगरपालिकामा गरिएकाे तालावन्दी एमालेकै नेताहरुलेसमेत सर्मथन गरेको पाइएको छ । स्रोतका अनुसार नगरप्रमूख एकातिर र उपप्रमूखसहित वडाअध्यक्षको टिम अर्कोतिर लाग्दा जनताको काममा बाधा उत्पन्न भएको छ ।

नगरपालिका भित्र गरिने काम कार्य तथा याेजना एवं कर्मचारी सरुवा गर्दा आफुहरुसँग कुनै सल्लाह नै नगरिएको एमालेका अधिकांश जनप्रतिनिधिकाे भनाइ छ । जसका कारण जनप्रतिनिधिनै रूष्ट हुन परेकाे छ ।

यस्ताे छ …

 


Thali Mobile Pvt.Ltd.