भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिन्धुलीको एसबीआई बैंक लुटपाट काण्ड: ४ पक्राउ, बोलेरो गाडी बरामद

सिन्धुलीको एसबीआई बैंक लुटपाट काण्ड: ४ पक्राउ, बोलेरो गाडी बरामद

काठमाडौँ, ३० पुस । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ मा सञ्चालित एसबीआई बैंकको शाखामा भएको नगद लुटपाट घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

घ्याङलेख गाउँपालिकाको वडा नम्बर–१ बाट चार जनालाई नियन्त्रणमा लिएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन्।लुटपाटमा प्रयोग गरिएको बोलेरो गाडी पनि प्रहरीले बरामद गरेको छ। प्रारम्भिक विवरणअनुसार बैंकको शाखा कार्यालयबाट करिब ३ करोड १० लाख रुपैयाँ लुटिएको छ।

मंगलबार साँझ लुटेराहरूले बैंकका सुरक्षा गार्डमाथि आक्रमण गरी नगद लुटेर भागेका थिए। घटनामा संलग्न अन्य व्यक्ति छन् वा छैनन् भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.