भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

भारतमा सात चरणमा भएको मतदानको नतिजा मंगलवार घोषणा गर्ने तयारी

भारतमा सात चरणमा भएको मतदानको नतिजा मंगलवार घोषणा गर्ने तयारी

एजेन्सी । भारतमा झन्डै ६० प्रतिशत मतदान भएको छ । लोकसभा चुनावको सातौं तथा अन्तिम चरणमा ६० प्रतिशत मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

विपक्षी दल कंग्रेको इन्डिया गठबन्धनले एक सय ६१ सिट पाउने अनुमान रहेको बीबीसीले जनाएको छ । पाँच सय ४३ सदस्यीय लोक सभामा बहुमत पुर्‍याउन दुई सय ७२ सिट चाहिन्छ । पूर्वानुमानअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि निर्वाचित हुने सम्भावना धेरै रहेको छ ।

भारतमा सात राज्य र एक केन्द्र शासित प्रदेशमा भएको चुनावमा ५९ दशमलव ४५ प्रतिशत मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ । सात चरणमा गरी भएको मतदानको नतिजा आउँदो मंगलवार घोषणा गर्ने तयारी रहेको छ ।

शनिबार विभिन्न समाचार च्यानल र एजेन्सीले एक्जिट पोल सार्वजनिक गरेका छन् । १० वटा एक्जिट पोलमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाको गठबन्धनले तीन सय ५० भन्दा धेरै सिट पाउने अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.