भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

सामाजिक क्षेत्रमा गरेको पदयात्रा सरानिय छः मन्त्रि आचार्य

सामाजिक क्षेत्रमा गरेको पदयात्रा सरानिय छः मन्त्रि आचार्य

भक्तपुर । वालयोगेश्वर विजयमूर्ति महाराजले सामाजिक क्षेत्रमा गरेको पदयात्रा सरानिय रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि सुरेन्द्रप्रसाद आचार्यले बताएका छन । शनिबार भक्तपुर चागुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सञ्चालित श्रीमदभागवत विराट ज्ञान महायज्ञको सन्ध्याकालीन महाआरतीको कार्यक्रमकमा सहभागी भएका मन्त्रि आचार्यले यस्तो बताएका हुन ।

उनले भने,,“ गुरुले सुरु गरेको हरेक कार्यले मलाई थप ज्ञान र नयाँ जागर दिन्छ , म त्यसैले गुरुको विविध कार्यक्रममा आज सहित ३ पटक सहभागी भैसकेको छु ।”
यस्तै भक्तपुर क्षेत्र नं.२ का सांसद दुर्लभ थापाले विहिबार महायज्ञको समुदघाटन कार्यक्रलाई सम्बोधन गर्दै समृद्ध देशमा बाल आश्रम, बृद्धा आश्रम बनाउने र संरक्षण गर्ने कार्य सरकार स्वयमले गरेतापनि हाम्रो देशमा यस्तो सम्भव नभएको बताए ।

सरकार स्थिर र अर्थतन्त्र बलियो नभएका कारण यस्तो भएको उनको भनाइ छ । सरकारले गर्ने कार्य विजयमूर्ति महाराज श्रीबाट थालनी भएकोमा खुसि लागेको बताए । यस्तै विराट ज्ञान महायज्ञले नगरपालिकाको शिर उच्च बनाएको चाँगुनाराण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले बताए ।

चाँगुनारायण नगरपालिका आफैमा धार्मिक स्थलले भरिपूर्ण स्थान भएकाले महायज्ञले पुलको काम गर्ने बताए । जेष्ठ नागरिक आश्रम निर्माण गर्न चाँगुनगरबासी मिलेर साकार गर्ने बताए ।

विराट ज्ञान महायज्ञको पूर्वसन्ध्यामा आयोजना गरिएको कलश यात्रामा हजारौंको सहभागीता रहेको थियो । करिब १ हजार बढी ब्यक्तिहरुको सहभागीतामा विशाल कलशयात्रा सम्पन्न भएको थियो । बिहान करिब ८ बजे छोरीको घर जेष्ठ नागरिक आश्रमको कार्यक्रम स्थलबाट सुरु भएको यात्रा पुनः आश्रममा नै आएर सम्पन्न भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.