भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

चोरी भएर अमेरिका पुगेको बुद्ध मूर्ति ४ वर्षपछि आफ्नै स्थानमा फर्कियो: काठमाडौँमा पुनःस्थापना

चोरी भएर अमेरिका पुगेको बुद्ध मूर्ति ४ वर्षपछि आफ्नै स्थानमा फर्कियो: काठमाडौँमा पुनःस्थापना

काठमाडौँ, १९ वैशाख । काठमाडौँ महानगरपालिका–२३ स्थित जोरगणेश ओम बहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको प्रस्तर बुद्ध मूर्ति लामो प्रक्रियापछि आफ्नै मूल आसनमा पुनःस्थापित गरिएको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिवेट हाउस कलेक्सनमा पुगेको उक्त मूर्ति वि.सं. २०७८ फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो ।

फिर्ता ल्याइएपछि मूर्तिलाई राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित राखिएको थियो । वैशाख १७ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, वडा अध्यक्ष मचाराजा महर्जनलगायत सरोकारवालाहरू सङ्ग्रहालय पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेका थिए । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार संरक्षणको जिम्मेवारी गुठियारलाई हस्तान्तरण गर्दै मूर्ति औपचारिक रूपमा फिर्ता गरिएको हो ।

वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर मूर्तिलाई विहारमा पुनःस्थापना गरिएको थियो । हनुमानढोकाबाट विहारसम्म बाजागाजासहित उत्सवमय रूपमा मूर्ति ल्याइएको थियो, जसमा जनप्रतिनिधि, सम्पदा अभियन्ता र स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

यस अवसरमा स्थानीय तह र समुदायबीचको सहकार्यले सम्पदा संरक्षणमा सकारात्मक उदाहरण प्रस्तुत गरेको बताइएको छ । यसअघि पनि चोरी भएका कुमारी घरको तोरण र सूर्यमुखी महादेव मन्दिर परिसरको महागौरी–पार्वती मूर्ति पुनःस्थापित भइसकेका छन्, जसले सांस्कृतिक सम्पदा फिर्ता ल्याउने अभियानलाई थप मजबुत बनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.