भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

रोल्पा जीप दुर्घटना: २ दिनपछि रास्वपाद्वारा दुःख व्यक्त, सडक सुरक्षामा सुधारको माग

रोल्पा जीप दुर्घटना: २ दिनपछि रास्वपाद्वारा दुःख व्यक्त, सडक सुरक्षामा सुधारको माग

काठमाडौँ, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पामा भएको जीप दुर्घटनाप्रति घटनाको दुई दिनपछि दुःख व्यक्त गरेको छ । पार्टीका प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

वि.सं. २०८३ वैशाख १७ गते रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेर ठूलो मानवीय क्षति भएको थियो । रास्वपाले उक्त घटनालाई पीडादायी भन्दै यसले समाजलाई स्तब्ध बनाएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा विकट भौगोलिक अवस्था हुँदाहुँदै पनि उद्धारमा खटिएका सुरक्षा निकाय र टोलीहरूको साहस र समर्पणको प्रशंसा गरिएको छ । साथै, यस्तो दुर्घटनाले सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको पनि पार्टीले जनाएको छ ।

रास्वपाले भविष्यमा यस्ता दुर्घटना न्यूनीकरण गर्न नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन र आवश्यक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.