भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सुनकोशी नदीमा हराइ रहेका तीन बालबालिकाको गोताखोरबाट खोजी

सुनकोशी नदीमा हराइ रहेका तीन बालबालिकाको गोताखोरबाट खोजी

काठमाण्डौ । सुनकोशी नदीमा हराइ रहेका तीन बालबालिकाको खोजी भैरहेको छ । होली खेलेर सुनकोशी नदीमा नुहाउन जाँदा बेपत्ता भएका उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको हो ।

बेपत्ता हुनेहरुमा त्रियुगा १४ साउनेका ११ वर्षीया रेखा मगर, ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगरको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आइतबार दिउँसोदेखि बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ । ९ जना गोताखोर सहितको टोलीले खोजी गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.