भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

उत्तर कोरियाले विश्वकै सबैभन्दा तीव्र गतिको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गर्‍यो

उत्तर कोरियाले विश्वकै सबैभन्दा तीव्र गतिको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गर्‍यो

प्योङयाङ । विश्वकै सबैभन्दा तीव्र गतिको र लक्ष्यमा सटिक प्रहार गर्न सक्ने मिसाइलको सफल परीक्षण गरेको उत्तर कोरियाले दाबी गरेको छ । सोमबार यसलाई परमाणु हतियारबाट सुसज्जित गर्न सकिने सम्भावनासमेत रहेको बताइएको हो ।

दक्षिण कोरियाली सेनाले उक्त मिसाइल करिब १ हजार किलोमिटर उडेर कोरियन प्रायद्वीपको पूर्वपट्टी समुद्रमा खसेको बताएको छ । सेनाले यो प्रक्षेपणले प्रायद्वीपको शान्ति र सुरक्षामा चुनौती थपिएको बताएको छ ।

कोरियाले सन् २०२१ को सेप्टेम्बर २८ मा पहिलोपटक हाइपरसोनिक मिसाइलका परीक्षण गरेको थियो । त्यसपछि जनवरी २०२२ को सुरुवातमा उसले थप दुईपटक यस्तो परीक्षण गरेको थियो । आइतबारको प्रक्षेपणले उत्तर कोरियाले प्रविधिमा ठुलो फड्को मारेको देखाएको दक्षिण कोरियाको सेनाले जानकारी दिएको छ ।

किम जोङ उनले ‘सोलिड फ्युल्ड इन्जिन’ प्रयोग गरेर हाइपरसोनिक मिसाइललाई सफलतापूर्वक परीक्षण गरेको राज्यद्वारा सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ । प्योङयाङले यस्तो प्रकारको क्षेप्यास्त्रको सफल परीक्षणको दाबी गरेको यो चौथो अवसर हो ।

 


Thali Mobile Pvt.Ltd.