भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

१२ वर्षमा पनि बनेन तमोर नदीमा पक्की पुल

१२ वर्षमा पनि बनेन तमोर नदीमा पक्की पुल

काठमाडौं । तमोर नदीमा अझै पुल नबन्दा समस्या उत्पन्न भएको छ । तमोर नदीमा १२ वर्षअघि निर्माण कार्य शुरु गरिएको पक्की पुल सम्पन्न नहुँदा स्थानीय समस्यामा परेका हुन । २०६८ असारमा स्वच्छन्द निर्माण सेवा कम्पनीले १३ करोड रुपैयाँमा पुल निर्माण गरि २०७२ असारसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरेको थियो ।

तेह्रथुम र पाँचथर जिल्ला जोड्न लुबुघाटस्थित तमोर नदीमा २०६८ सालमा पुल निर्माण कार्य शुरु गरिएको थियो । पटक–पटक म्याद थप्दा पनि पुल निर्माण सम्पन्न नभएको भन्दै म्याङलुङका स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

पुलको अहिलेसम्म ५० प्रतिशत मात्र काम सकिएको र अब २०८१ असार मसान्तसम्मका लागि निर्माणको म्याद थप गरिने सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.