भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

१२ वर्षमा पनि बनेन तमोर नदीमा पक्की पुल

१२ वर्षमा पनि बनेन तमोर नदीमा पक्की पुल

काठमाडौं । तमोर नदीमा अझै पुल नबन्दा समस्या उत्पन्न भएको छ । तमोर नदीमा १२ वर्षअघि निर्माण कार्य शुरु गरिएको पक्की पुल सम्पन्न नहुँदा स्थानीय समस्यामा परेका हुन । २०६८ असारमा स्वच्छन्द निर्माण सेवा कम्पनीले १३ करोड रुपैयाँमा पुल निर्माण गरि २०७२ असारसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरेको थियो ।

तेह्रथुम र पाँचथर जिल्ला जोड्न लुबुघाटस्थित तमोर नदीमा २०६८ सालमा पुल निर्माण कार्य शुरु गरिएको थियो । पटक–पटक म्याद थप्दा पनि पुल निर्माण सम्पन्न नभएको भन्दै म्याङलुङका स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

पुलको अहिलेसम्म ५० प्रतिशत मात्र काम सकिएको र अब २०८१ असार मसान्तसम्मका लागि निर्माणको म्याद थप गरिने सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.