भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

विश्व क्षयरोग दिवसः ४५ % क्षयरोग बिरामी उपचार पहुँच बाहिर

विश्व क्षयरोग दिवसः ४५ % क्षयरोग बिरामी उपचार पहुँच बाहिर

काठमाडौं । आज विश्व क्षयरोग दिवस सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यो दिवस हरेक वर्ष मार्च २४ का दिन विश्वभर मनाउने गरिन्छ । दिवसको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने तय गरिएको छ । नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

क्षयरोगको उपचार र औषधि निःशुल्क रहेको भए पनि क्षयरोग लागेकाप्रति समाजको नकरात्मक दृष्टिकोण रहनु र लामो समय नियमित औषधि प्रयोग गर्नुपर्ने भएकाले कतिपय बिरामी उपचारको पहुँचमा नपुग्ने गरेका हुन् । गएको वर्ष मात्रै नेपालमा ३७ हजार भन्दा धेरै नयाँ बिरामी थपिएका छन् । पहिचान भएका बिरामीमध्ये ७२ प्रतिशत फोक्सो र २८ प्रतिशत विभिन्न अङ्गका क्षयरोगी छन् ।

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । क्षयरोग विभिन्न रोगहरुमध्ये सबैभन्दा पुरानो रोगमध्ये पर्दछ । सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले क्षयरोगको कीटाणु पत्ता लगाएका थिए । वैज्ञानिकहरूले थप अनुसन्धान गरेको पाइन्छ । यो रोग श्वासप्रश्वासको माध्यमबाट एक मानिसबाट अर्को मानिसमा सर्ने रोगको रुपमा परिभाषित भएकाले यसको पहिचान निदान र उपचार भैरहेको छ ।

नेपालमा सन् १९३७ बाट उपचार सुरु भएको देखिन्छ । सन् २०१८ भन्दा अघिका वर्षहरूमा नेपालमा औसत वार्षिक करिब ४५ हजार नयाँ क्षयरोगका बिरामीहरू देखापर्ने अनुमानका आधारमा नीति योजना र कार्यक्रम बनाएर उपचार गर्ने गरेको देखिन्छ । क्षयरोगका कारणले हरेक वर्ष करिब १७ हजार नेपाली नागरिकले अकालमा ज्यान गुमाउने गरेको तथ्य तथ्य सार्वजनिक गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.