दाङ । गायिका समीक्षा अधिकारी दाङको तुलसीपुर महोत्सव पुग्दा कार्यक्रम हेर्न दर्शक गएनन् । कार्यक्रम स्थलमा दर्शक नभएपछि स्टेज नै नचढी अधिकारी फर्किएकी छिन् ।
प्राकृतिक कला केन्द्र तुलसीपुरले चैत ९ गतेदेखि १२ गतेसम्म तुलसीपुर स्थित अरनिको मैदानमा सञ्चालन गरेको होलि फेस्टिबल २०८० कार्यक्रममा गायिका समीक्षा अधिकारी आएको थाहा पाएपछि २३ जना दर्शकले मात्रै टिकट काटेका थिए ।
दर्शक नभएको भन्दै समीक्षा स्टेज चढ्न नमानेर फर्किएको आयोजकले जानकारी दिएको छ । केहि समय अगाडि गायिका समीक्षा अधिकारी र नायक पहल शाहको विषयलाई लिएर दाङ जिल्लामा गायिका अधिकारीलाई प्रतिबन्धसमेत लगाइएको थियो ।
यहीँ बीचमा उनी दाङ आएको तर कुनै पनि दर्शक उनी आउने कार्यक्रममा सहभागी नभएको हुँदा उनीलाई साँच्चिकै दंगाली दर्शकले बहिष्कार गरेको आयोजकले जनाएको छ । तर आफूहरुले पारिश्रमिक दिएर काठमाडौं फर्काएको आयोजकले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छन् । तस्बिरहरू सार्वजनिक भएसँगै उनलाई फ्यान, शुभचिन्तक एवं कलाकारहरूले बधाई दिइरहेका छन् । ध्रुव गुरूङसँग इन्गेजमेन्ट गरेकी मेलिनाको विवाह शुक्रबार...
मुम्बई। बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्टको बालकोनीमा मर्मतको काम भइरहेको छ । उनको र उनको परिवारको सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको...
कविता: कयौं बर्षहरू भयो म हार्न थालेको म मेरो संर्घषमा हारे जिवनको परिक्षामा हारे सफलता पाउन पाउन लागेको थिए त्यहाँ झन नमज्जाले पर्छारिए सबै तर्फबाट गालि, घृणा पाए तर,...
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा महेश्वरी खेलमैदान हनुमानघाटमा आयोजना गरिएको भक्तपुर महोत्सव तथा व्यापार मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड साँस्कृतिक प्रस्तुती रहने भएको छ । मंसिर २८...