भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

समीक्षा अधिकारी दाङ महोत्सब पुग्दा २३ वटा टिकट बिक्री, स्टेज नचढि फर्किइन

समीक्षा अधिकारी दाङ महोत्सब पुग्दा २३ वटा टिकट बिक्री, स्टेज नचढि फर्किइन

दाङ । गायिका समीक्षा अधिकारी दाङको तुलसीपुर महोत्सव पुग्दा कार्यक्रम हेर्न दर्शक गएनन् । कार्यक्रम स्थलमा दर्शक नभएपछि स्टेज नै नचढी अधिकारी फर्किएकी छिन् ।

प्राकृतिक कला केन्द्र तुलसीपुरले चैत ९ गतेदेखि १२ गतेसम्म तुलसीपुर स्थित अरनिको मैदानमा सञ्चालन गरेको होलि फेस्टिबल २०८० कार्यक्रममा गायिका समीक्षा अधिकारी आएको थाहा पाएपछि २३ जना दर्शकले मात्रै टिकट काटेका थिए ।

दर्शक नभएको भन्दै समीक्षा स्टेज चढ्न नमानेर फर्किएको आयोजकले जानकारी दिएको छ । केहि समय अगाडि गायिका समीक्षा अधिकारी र नायक पहल शाहको विषयलाई लिएर दाङ जिल्लामा गायिका अधिकारीलाई प्रतिबन्धसमेत लगाइएको थियो ।

यहीँ बीचमा उनी दाङ आएको तर कुनै पनि दर्शक उनी आउने कार्यक्रममा सहभागी नभएको हुँदा उनीलाई साँच्चिकै दंगाली दर्शकले बहिष्कार गरेको आयोजकले जनाएको छ । तर आफूहरुले पारिश्रमिक दिएर काठमाडौं फर्काएको आयोजकले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.