भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

मस्कोको कन्सर्ट हलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३३ जनाको मृत्यु

मस्कोको कन्सर्ट हलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३३ जनाको मृत्यु

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको कन्सर्ट हलमा भएको आक्रमणको लागि आफ्नो देशलाई दोष दिन चाहेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति पुटिनले आक्रमणमा संलग्न चार जनालाई पक्राउ गरिएको बताएका छन् । शुक्रबार मस्कोको कन्सर्ट हलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३३ जनाको मृत्यु भएको थियो ।

रूसले सधैँ पुरानो चाल खेल्ने बताउँदै जेलेन्स्कीले उसले युक्रेनलाई कुनै पनि कुराको लागि दोष दिने जिकिर गरे । उनले भने, ‘यो आक्रमणपछि रुसी जनतालाई सान्त्वना दिनुको सट्टा पुटिन दिनभर मौन बसे । यसको दोष युक्रेनलाई कसरी लगाउने भनेर सोचिरहे।’

जेलेन्स्कीले भने, ‘शुक्रबार मस्कोमा के भयो, त्यो स्पष्ट छ। तर पुटिन र केही अन्य मानिसहरूले आक्रमणको दोष अरू कसैमाथि लगाउन खोजिरहेका छन्। वास्तवमा पुटिनले आक्रमणपछि आक्रमणकारी युक्रेनतर्फ भागिरहेको बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.