भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

अँगेनोको आगोले घर खरानी

अँगेनोको आगोले घर खरानी

मलेखु । पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ ।

गएराति अँगेनोको आगो फुसको छानामा फैलिएपछि सिपी तामाङको कच्ची घर जलेको स्थानीय पूर्ण तामाङले जानकारी दिए। “दिउँसो पानी परेको थियो, साँझ चिसो बढेकाले परिवारका मानिसले अँगेनोमा आगो तापेर त्यसै छाडेका रहेछन्”, तामाङले भने, “अँगेनोमा आगो निभेको ठानेर सुत्न गएका उनीहरू घरमा आगो लागेपछि ब्यूँझिएका थिए ।

आगोले घरमा रहेको सबै अन्नपात नष्ट भएको छ ।” करिब २० मुरी धान, मकै, कोदोलगायत घरमा भएका सबै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ। आगलागीबाट करिब रु १३ लाख बराबरको क्षति भएको स्थानीयले बताएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.