भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

उडिरहेको विमानबाट भ्याल गायव भएपछि उडान अवरुद्ध

उडिरहेको विमानबाट भ्याल गायव भएपछि उडान अवरुद्ध

ओरेगन । उडानका क्रममा विमानको झ्याल गायव भएको छ । अमेरिकामा उडानका क्रममा विमानको भ्याल गायव भएको घटना बाहिर आएको हो । अलास्का एयरलाइन्सले आफ्ना सबै ६५ ‘बोइङ ७३७ म्याक्स ९’ विमानलाई ‘अस्थायी रूपमा’ उडान गर्नबाट यो घटना बाहिर आएपछि रोकेको हो ।

पोर्टल्याण्ड (ओरेगन) बाट अमेरिकाको ओन्टारियो (क्यालिफोर्निया) जाँदै गरेको अलास्का एयरलाइन्सको विमानको एक भाग हावाको चापमा विमानबाट अलग भएको थियो । तर, यो विमान सकुशल अवतरण भएको थियो ।

स्थानीय समय अनुसार शुक्रबार साँझ यो घटना भएको हो । अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको बताइएको छ । अलास्का एयरलाइन्सले यी सबै विमानहरूको जाँच गर्ने र त्यसपछि मात्र उडान गर्न अनुमति दिने बताएको छ।

 


Thali Mobile Pvt.Ltd.