भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारले प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने

सरकारले प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने

काठमाडौं । सरकारले प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने भएको छ। शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने नागरिकलाई पुरस्कार प्रदान गर्ने भएको हो ।

पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ। नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो। टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा सिन्धुपाल्चोक, विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा मोरङ, कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ गोरखा, विज्ञान प्रविधितर्फ आभाष मास्के काठमाडौँ र हरिराम श्रेष्ठ गोरखाले पुरस्कृत घोषित भएका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट रु एक करोड थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना भएको थियो। उक्त कोषबाट प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही रु पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो। २०७६ सालमा पहिलोपटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएको थियो। त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन।

चिकित्सा क्षेत्रतर्फ डा ओम मूर्ति अनिल महोत्तरी, खेलकुदतर्फ सावित्रा भण्डारी लमजुङ, सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी भक्तपुर, मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ काठमाडौँ र रामजी अधिकारी गोरखा पुरस्कृत भएका छन्।

 


Thali Mobile Pvt.Ltd.