भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

उकालो लाग्यो शेयरबजार

उकालो लाग्यो शेयरबजार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ८७ अङ्कले उकालो लागेर एक हजार आठ सय ६० दशमलव २० मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७६ अङ्कले उकालो लागेर तीन सय ५६ दशमलव ९८ मा पुगेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कुल ४४ लाख २० हजार पाँच सय १८ कित्ता शेयर रु एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार चार सय ३० मूल्यमा खरिदबिक्री भएका छन् ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु १३ करोड १० लाख ७६ हजार एक सय पाँच बुराबरको कारोबार भयो । यस्तै, सोनापुर मिनरल्स रु नौ करोड ५८ लाख एक सय ६९, सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड रु पाँच करोड ४१ लख ९८ हजार एक सय ८१, सिटिजन लाइफ इन्स्योरेन्स रु पाँच करोड ३० लाख ४४ हजार चार सय ८५ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रु पाँच करोड २१ लख २७ हजार सात सय १४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर नौ दशमलव ९७, थ्री स्टार हाइड्रोपावर आठ दशमलव ५८, सिक्लेस हाइड्रोपावर आठ दशमलव ५४, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स आठ दशमलव २५ र सानिमा जीआईसी इन्स्योरेन्सका लगानीकर्ताले छ दशमलव ३१ प्रतिशतले कमाएका छन् ।

यस्तै, नविल बैंक आठ दशमलव २०, किसान लघुवित्त पाँच दशमलव ७८, सपोर्ट माइक्रोफाइनान्स पाँच दशमलव ३४, माहुली लघुवित्त चार दशमलव ५३ रहिमालयन लघुवित्तका लगानीकर्ताले तीन दशमलव ७३ प्रतिशतले गुमाएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.