भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

नेपाली बजारमा सुनको मूल्य ३ लाख नाघ्यो, नयाँ कीर्तिमान

नेपाली बजारमा सुनको मूल्य ३ लाख नाघ्यो, नयाँ कीर्तिमान

काठमाडौं, ९ माघ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ ९ गते सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य नेपाली सुन बजारको नयाँ कीर्तिमान हो । महासंघका अनुसार आज मात्र सुनको मूल्य प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेको हो । यसअघि माघ ८ गते सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घट्दै २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तर एकैदिनमा भएको ठूलो वृद्धिले सुनको मूल्य ३ लाखको सीमाना पार गरेको छ ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव, माग–आपूर्तिको अवस्था तथा आर्थिक अनिश्चितताका कारण सुनको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन् । पछिल्लो मूल्य वृद्धिले सुन खरिद गर्ने उपभोक्ता र व्यवसायी दुवैलाई असर पार्ने देखिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.