भर्खरै : Sorry, your browser does not support inline SVG.
गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन |

कर्णालीमा सरकार गठनका लागि आव्हान, एमालेका यामलाल मुख्यमन्त्री बन्ने

कर्णालीमा सरकार गठनका लागि आव्हान, एमालेका यामलाल मुख्यमन्त्री बन्ने

काठमाडौं । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई आव्हान गरेका छन् । आज विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा सरकार बनाउनका लागि आव्हान गरेका हुन ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आजै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान गरेका छन् । दावी पेश गर्ने समय चैत्र २७ गते दिउँसो ५ः५० बजेसम्म दिइएको छ । केन्द्रीय सत्ता समिकरण बदलिएसँगै कर्णालीमा एमालेको भागमा परेपछि एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने
पक्का भएको छ ।

एमाले र नेकपा माओवादी केन्द्रबीच तीन दिनदेखि लगातार चलेको वार्तापछि अन्नतः कर्णाली प्रदेश मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका हुन । कर्णालीमा पहिलो चरणमा एमालेले नेतृत्व लिने र दोस्रो चरणमा माओवादीबाटै मुख्यमन्त्री बन्ने दुई दलबीच सहमति भएपछि मुख्यमन्त्री शर्माले राजीनामा दिन तयार भएका हुन ।

 


Thali Mobile Pvt.Ltd.