भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

६ सय कठ्ठा सार्वजनिक जग्गा व्यक्तिले हडप्यो, २ सय ४९ जना अख्तियारकाे फन्दामा

६ सय कठ्ठा सार्वजनिक जग्गा व्यक्तिले हडप्यो, २ सय ४९ जना अख्तियारकाे फन्दामा

कैलाली । टीकापुरको सार्वजनिक जग्गा व्यक्तिका नाम कायम गरिएको तथ्य बाहिर आएको छ। टीकापुर नगर विकास समितिका पदाधिकारीसहित मालपोतका कर्मचारीको मिलोमतोमा बजार क्षेत्रको अर्बौं मूल्य पर्ने ६ सय कठ्ठाबढी सार्वजनिक जग्गा व्यक्तिका नाम कायम गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगले २ सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरसमेत गरेको छ । नक्कली कागजात खडा गरी बजार क्षेत्रकै सार्वजनिक जग्गा व्यक्तिका नाममा हक हस्तान्तरण गरेको आरोपमा अख्तियारले टीकापुर नगरविकास समितिका पदाधिकारी, कर्मचारी र जग्गाधनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव नरहरि घिमिरेले जानकारी बताए ।

अख्तियारको अनुसन्धानमा टीकापुर नगरपालिका–१ को टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षलगायतका पदाधिकारीको मिलेमतोमा नक्कली रसिद बनाएर समितिका पदाधिकारी एवं कर्मचारीहरूको संलग्नतामा उनीहरूकै आफन्तलगायतको नाममा जग्गा हस्तान्तरण गरेको पाइएको छ । सार्वजनिक व्यक्तिका नाममा ल्याउन समितिमा कम रकम बुझाएर हक हस्तान्तरण गरेको देखिएको अख्तियारले जनाएको छ ।

यो प्रकरणमा नगर विकास समितिका तीन अध्यक्षसहित १४ जना टीकापुर नगर विकास समितिका पदाधिकारी छन् । १ सय १० जना जग्गाधनीलाई प्रतिवादी बनाइएको छ । मुद्दा दायर भएकामध्ये सात जनाको मृत्यु भइसकेको छ । चार जनाले पाएको जग्गा आफ्नो नाममा नआउँदै प्लटिङ गरेर बेचेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । त्यो जग्गा उपभोग गरिरहेका थप १ सय ७ जनामाथि पनि अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको छ।

 


Thali Mobile Pvt.Ltd.