म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडादौड प्रतियोगितामा कास्कीको समरुङका दीपेन्द्र गुरुङ प्रथम भएका छन् ।
अन्नपूर्ण गाउँपालिका–६ खिवाङ देखि घोडेपानीसम्मको छ दशमलव पाँच किलोमिटर दुरी २८ मिनेट ४१ सेकेण्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको हो । बिजेता र उपविजेताको समयान्तर ५ सेकेण्ड रहेको छ ।
२८ मिनेट ४६ सेकेण्डमा दुरी पार गरेका घान्द्रुकका कृष्ण मगर दोस्रो र कास्कीको घान्द्रुककै दीपेन्द्र श्रीपालीले २९ मिनेट ५० सेकेण्डमा निर्धारित दुरी पार गरेर तेस्रो भए । प्रथम, दृतीय र तृतीयलाई क्रमश रु। ५५ हजार, ३५ हजार र २५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । घोडेपानी घोडा व्यवसायी समितिले आयोजना गरेको प्रतियोगितामा शिख, घोडेपानी, घान्द्रुक, समरुङ, उल्लेरी, फलाते लगायत ठाउँका २५ जना घोडालाई दौडाइएको थियो ।
घोडादौडका लागि खिवाङ देखि कुटुका–ठुलाखर्क– पेरिभारानी ताल– भलखरा –लरेनी, कालिसार हुदै घोडेपानी जोड्ने परम्परागत मार्ग प्रयोग गरिएको प्रतियोगिताको संयोजन गर्नुभएका घोडेपानीका घोडा व्यवसायी बिरेन गर्बुजा पुनले बताए । पर्यटन प्रवर्द्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले जानकारी दिए ।
“घोडेपानीको पर्यटन विकासमा घोडाको योगदान छ,” घोडेपानीका घोडा व्यवसायी याम पुनले भने “सौखिन पर्यटकहरू घोडा चढेर यात्रा गर्न रुचाउँछन् । हिँड्न नसक्ने पर्यटकहरू घोडा चढेर गन्तव्यमा पुग्न पाएका छन् । घोडापालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको छ । ”
घोडेपानी युवा क्लब, आमा समुह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । फागु पूर्णिमा पर्वको अवसरमा आयोजित घोडा दौड प्रतियोगिताले अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीमा पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताइन् । घोडादौड अवलोकनका लागि पर्यटकहरूको आएका थिए ।
पुनहिल र घोडेपानीबाट सुर्योदय, हिमाल, पहाडी भूगोल, जंगलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटकहरू आउने गर्छन् । म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानी विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको छ ।
घोडेपानी र घोडाको ऐतिहासिक सम्बन्ध छ । परापूर्व कालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तीर्थयात्रा गर्ने र चिनियाँहरुलाई भारतीय बजार जाने आउने गर्ने बाटोमा थियो । समुन्द्री सतहदेखि करिब दुई हजार ८०० मिटरको उचाइमा रहेको घोडेपानीमा बटुवाहरुले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहन गएको किम्बदन्ती छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मोरङ । कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।...
पोखरा । गण्डकी प्रदेश सरकार रु दुई करोड ३५ लाख ८९ हजार प्रदान गरेको छ । क्यान्सर उपचार सहायता कार्यक्रमबाट सात सय ३३ जना लालाई प्रदेश सरकारले उक्त रकम...
काठमाडौँ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा हिमपातको सम्भावना रहेको छ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
रुकुम पूर्व । दुई जनाको हत्याका आरोपी रुकुममा मृत अवस्थामा फेला परेका छन् । रुकुम पूर्वको भूमे गाउँपालिका–४ मा दुईजनाको हत्या गर्ने हत्या आरोपी मृत फेला परेका हुन ।...