भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

असफल आयोग, समिति समय गुजार्नमा व्यस्त

असफल आयोग, समिति समय गुजार्नमा व्यस्त

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी कार्यसूची टुंग्याउन नेपालको राजनीतिक नेतृत्व फेरि असफल देखिएको छ । पदाधिकारी टुंग्याउन नसकेर फेरि प्रक्रिया थाल्न सरकारलाई अनुरोध गर्ने सिफारिस समितिको निर्णयसँगै ०७९ साउनदेखि पदाधिकारीविहीन सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी अझै खाली नै रहने भएका हुन् ।

यद्यपि संक्रमणकालीन न्यायका जानकारहरूले गलत सुरुवात गरेर सफल हुनुभन्दा हालको असफलताले नै सही निर्णयतर्फ पुर्‍याउनसक्ने समीक्षा गरेका छन् । ठूला तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू साझा धारणा बनाउन तत्पर नहुनुमा यस असफलताको मूल कारण भएको पाइएको छ । संक्रममणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगमा सर्ट लिस्टमा परेकाहरूबाट नाम सिफारिस गर्न सर्च कमिटीको बैठक लगातार बसेको भएपनि निष्कर्षमा पुग्न सकेको छैन।

दुवै आयोगमा चार चार जना सदस्य र एक एक जना अध्यक्ष रहने भनिएको थियो । आइतबार साँझ ५ बजे बसेको सर्च कमिटी बैठक राति अबेसम्म बस्दा पनि निर्णयमा पुग्न सकेन । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी सिफारिस गर्न गठित सिफारिस समितिले बिना निर्णय समय गुजारिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.