भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

नोभेम्बरसम्ममा निर्वाचन गराउने मोहम्मद युनुसको घोषणा

नोभेम्बरसम्ममा निर्वाचन गराउने मोहम्मद युनुसको घोषणा

ढाका । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा हुने आम निर्वाचनको सन्दर्भमा महत्वपूर्ण घोषणा गरेका छन् । युनुसले बंगलादेशको आम चुनाव २०२५ को अन्त्य र २०२६ को पहिलो ६ महिनाको बिचमा हुनसक्ने बताएका छन् । राजनीतिक दलहरुबाट चुनाव गराउन दबाब बढिरहेको बेला युनुसले यो प्रारम्भिक जानकारी दिएका हुन् ।

युनुसले सोमबार १६ डिसेम्बरमा सरकारी टेलिभिजनमा सम्बोधन गर्दै निर्वाचनको सम्भावित मितिबारे जानकारी दिए । उनले भने, ‘आवश्यक निर्वाचन कानुन र प्रकियामा सुधार गरेर मात्र निर्वाचन हुनुपर्नेमा मैले सधैं जोड दिएको छु ।’

युनुसले राजनीतिक दलहरूले सही मतदाता नामावली र अन्य आधारभूत सुधारका लागि सहमत भए सन् २०२५ नोभेम्बरको अन्त्यसम्ममा निर्वाचन हुनसक्ने बताए । तर, सुधारको सम्पूर्ण सूची कार्यान्वयन भएमा निर्वाचन केही महिना ढिलो हुन सक्ने उनको भनाइ छ । ७७ वर्षीय पूर्व प्रधानमन्त्री शेख हसिनाले जुलाई २०२३ मा हिंसात्मक विद्यार्थी आन्दोलनका कारण अगस्ट ५ मा राजीनामा दिनु परेको थियो ।

 


Thali Mobile Pvt.Ltd.