भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

डिभोर्स गराउन प्रेमिकाले गरिन २ करोड खर्च

डिभोर्स गराउन प्रेमिकाले गरिन २ करोड खर्च image

काठमाडौं । अचम्मको घटना बाहिर आएको छ । एक चिनियाँ महिला विवाहित पुरुषसँग प्रेममा परिन्, जससँग उनी विवाह गर्न चाहन्थीन। आफ्नो प्रेम फिर्ता पाउन युवतीले प्रेमीकी श्रीमतीसँग सम्बन्ध विच्छेदको सम्झौता गरिन् । सम्बन्ध विच्छेदको बदलामा महिलाले युवककी श्रीमतीलाई २० लाख युआन अर्थात २ करोड ४० लाख रूपैयाँ दिइन् ।तर, पैसा लिए पछि प्रेमीकी श्रीमतीले भने सम्बन्धविच्छेद गर्न अस्वीकार गरिन् ।

उनले पैसा फिर्ता समेत दिइनन । जसका कारण प्रेमिका अदालत पुगिन् । तर प्रेमिका त्यहाँ पनि निराश भइन् । अदालतले प्रेमी पत्नीको पक्षमा फैसला सुनाएको छ । अदालतले महिलाले युवककी श्रीमतीसँग मौखिक मात्रै सम्झौता गरेको बताएको छ । उनले लिखित प्रमाण पेश गर्न सकिनन् । सन् २०१३ को डिसेम्बरमा शिशी क्षेत्रका बासिन्दा हानले फुजियान प्रान्तकी एक महिलासँग विवाह गरेकी थिइन् ।

युवककी श्रीमतीको नाम याङ हो। दम्पतीका दुई छोरी छन् तर हानले आफ्ना सहकर्मी सीसँग अफेयर सुरु गरेका थिए। दुवै व्यवसायिक साझेदार थिए, त्यसपछि उनीहरुबीच शारीरिक सम्बन्ध कायम भयो । उनले सोही बिचमा छोरालाई जन्म दिइन् । यसपछि शि र हान विवाह गर्न चाहन्थे । जसका लागि सीले याङलाई सम्पर्क गरे। शिले याङलाई हानसँग सम्बन्धविच्छेद गरेमा २० लाख युआन पाउने बताएकी थिइन ।

याङले त्यो प्रस्ताव मानिन र सम्झौता स्वीकार गरे । तर पैसा लिएपछि, याङले अस्वीकार गरिदिइन् । सी र याङबीचको विवाद एक वर्षसम्म जारी रह्यो। सीले धेरै पटक पैसा मागिन तर याङले दिन अस्वीकार गरिरहेकी छिन् । त्यसपछि सीले अदालतमा निवेदन दिइन र सीले अदालतमा याङसँग आफ्नो सम्झौता भएको दाबी गरे। याङले पैसा लिएर हानलाई रिहा गर्ने आश्वासन दिएकी थिइन्। तर याङले त्यसो गरेनन् ।

उसको पैसा उनलाई फिर्ता गर्नुपर्छ। अदालतले पनि फैसला सुनाउँदै सीले सामाजिक नैतिकताको उल्लंघन गरेको बताएको छ । हान र याङ बीचको सम्बन्ध राम्रो चलिरहेको थियो, त्यसमा डिस्टर्ब गर्नु हुन्न । सीले धोखाधडी विवाह गर्न खोजेका छन्। यसैबीच, अदालतले हानले सीलाई ६० लाख युआन खर्च गरेको थाहा पाए। विवाहित भए पनि हान् अर्की महिलासँग रोमान्स गर्दै थिए।

जुन गैरकानूनी हो, याङले उनीमाथि कारबाही पनि गर्न सक्छन् । अदालतको फैसलाको अहिले चीनमा चर्चा भइरहेको छ । एक महिलाले छल गरेर अर्काको घर भत्काउन खोजेको र पैसा पनि खर्च गरेको तर पैसा नपाएको बिषयलाइ लिएर स्थानियले खुशी व्यक्त गरेका छन् । तर, जति खर्च गरे पनि उनले न प्रेमी पाए, न आफ्नो पैसा नै फिर्ता पाए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.