भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

टर्किस एयरलाइन्सको जहाजको टायर विस्फोटपछि अवरुद्ध त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा

टर्किस एयरलाइन्सको जहाजको टायर विस्फोटपछि अवरुद्ध त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा

काठमाडौँ, २८ वैशाख । टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा टायर विस्फोट भई आगो निस्किएपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टर्किस एयरलाइन्सको टीके–७२६ कल साइनको विमान अवतरण गर्ने क्रममा एउटा टायर विस्फोट हुँदा पांग्राको भागमा आगो र धुवाँ निस्किएको थियो । आगो देखिएसँगै सुरक्षाका कारण विमानस्थलमा सबै उडान र अवतरण अस्थायी रूपमा रोकिएको थियो ।

घटनापछि विमानस्थल प्रशासन र चालक दलले सतर्कता अपनाउँदै यात्रुहरूलाई ढोकाबाट नभई आकस्मिक उद्धार स्लाइड प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालेका थिए । जहाजमा चार बालबालिकासहित २७७ यात्रु सवार थिए । सबै यात्रु पूर्ण रूपमा सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण ले जनाएको छ ।

विमानस्थल ठप्प हुँदा केही अन्तर्राष्ट्रिय उडानहरू आकाशमै फन्का लगाउन बाध्य भएका थिए । विमानस्थल स्रोतका अनुसार एयर अरेबियाको जहाजले आकाशमा करिब नौ फन्का लगाएको थियो । यस्तै, फ्लाइ दुबई, एयर इन्डिया, कतार एयरवेज र नेपाल एयरलाइन्सका जहाजहरूले पनि आकाशमै प्रतीक्षा गर्नुपरेको थियो ।

टायर विस्फोट भएको टर्किस एयरलाइन्सको जहाजलाई पछि रनवेबाट हटाई सुरक्षित रूपमा पार्किङ क्षेत्रमा सारिएको विमानस्थल प्रशासनले जनाएको छ । जहाज हटाइएपछि रनवे परीक्षण गरिएको र अवस्था सामान्य बनेपछि विमानस्थल पुनः सञ्चालनमा ल्याइएको हो ।

विमानस्थल स्रोतका अनुसार हाल उडान र अवतरण नियमित रूपमा सुरु भइसकेको छ । घटनाको प्राविधिक कारणबारे थप जाँच भइरहेको सम्बन्धित निकायले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.