भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

उत्तर कोरियाको संविधान संशोधन, किम जोङको हत्या भए स्वतः आणविक हमला हुने

उत्तर कोरियाको संविधान संशोधन, किम जोङको हत्या भए स्वतः आणविक हमला हुने

एजेन्सी । उत्तर कोरियाले आफ्नो संविधानमा संशोधन गर्दै यदि सर्वोच्च नेता किम जोङको हत्या भए वा देशको नेतृत्व प्रणाली असक्षम बनेमा स्वतः आणविक हमला गर्ने व्यवस्था गरेको छ ।

अमेरिकी सञ्चारमाध्यम फक्स न्युज डिजिटलले बेलायती पत्रिका द टेलिग्राफको रिपोर्ट उद्धृत गर्दै उत्तर कोरियाले यस्तो संवैधानिक परिवर्तन गरेको जनाएको हो । पछिल्लो समय विश्वभर बढ्दो सैन्य र राजनीतिक तनावका बीच उत्तर कोरियाले आफ्नो आणविक नीति थप कडा बनाएको बताइएको छ ।

रिपोर्टअनुसार इरानका सर्वोच्च नेता अली खामेनी र अन्य उच्च अधिकारीहरूको हत्या भएको घटनापछि विश्व राजनीति झन् संवेदनशील बन्दै गएको अवस्थामा उत्तर कोरियाले आफ्नो सुरक्षा रणनीति संविधानमै समेटेको हो ।

उत्तर कोरियाको सर्वोच्च जनपरिषद्को मार्च २२ देखि प्योङयाङमा सुरु भएको अधिवेशनले यो संवैधानिक संशोधन अनुमोदन गरेको जनाइएको छ । दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायले पनि यसबारे हालै सरकारका वरिष्ठ अधिकारीहरूलाई जानकारी गराएको उल्लेख गरिएको छ ।

संशोधित प्रावधानमा भनिएको छ, ‘यदि राज्यको आणविक बलमाथिको कमान्ड तथा नियन्त्रण प्रणाली शत्रु शक्तिहरूको आक्रमणका कारण खतरामा परेमा तत्काल र स्वचालित रूपमा आणविक हमला सुरु गरिनेछ ।’

यसअघि उत्तर कोरियाले संविधान संशोधन गर्दै दक्षिण कोरियासँगको सीमालाई स्पष्ट रूपमा परिभाषित गर्नुका साथै दुई देशबीचको एकीकरण (रियुनिफिकेसन) सम्बन्धी उल्लेखहरू हटाएको थियो । संविधानमा सीमा समावेश गरिएको यो पहिलोपटक भएको बताइएको छ ।

गत महिना किम जोङले दक्षिण कोरियालाई सबैभन्दा शत्रुतापूर्ण राज्यको संज्ञा दिँदै देशको आणविक क्षमतालाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएका थिए । उनले अमेरिकामाथि पनि राज्य आतंकवाद र आक्रामकताको आरोप लगाउँदै बदलिँदो विश्व राजनीतिक परिस्थितिमा उत्तर कोरियाले अझ सक्रिय भूमिका खेल्न सक्ने संकेत दिएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.