भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

विभिन्न अध्ययन संस्थान र संकायमा ८ डीन नियुक्त

विभिन्न अध्ययन संस्थान र संकायमा ८ डीन नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आठ डीन नियुक्त भएका छन् । को विश्वविद्यालयको कार्यकारी परिषद्ले विभिन्न अध्ययन संस्थान र संकायमा गरी शनिबार बसेको परिषद्को बैठकले डीनहरू नियुक्त गरेको हो ।

परिषद्ले डीन नियुक्तिका लागि पहिलो पटक कार्यविधि जारी गरी दरखास्त आव्हान गरेर प्रतिस्पर्धाको आधारमा नियुक्ति प्रक्रिया अघि बढाएको थियो। त्यस्तै, परिषद्ले दुई अनुसन्धान केन्द्र र एक निर्देशनालयमा निर्देशकहरू पनि नियुक्त गरेको छ।

शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) मा राजेन्द्र कुँवर, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रमा मिनाराज भण्डारी र त्रिवि योजना निर्देशनालयमा लक्ष्मीकान्त शर्मा नियुक्त गरेको छ।

नियुक्ति पाएकाहरूलाई आइतबार नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम रहेको छ। परिषद्ले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा मोहनराज शर्मा, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा सुशीलबहादुर बज्राचार्य, व्यवस्थापन संकायमा महानन्द चालिसे, मानविकी तथा सामाजिकशास्त्र संकायमा द्विविनन्द ढकाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा ठाकुर सिलवाल र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा शंकर खनाललाई नियुक्त गरेको छ।


 


Thali Mobile Pvt.Ltd.