भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

सुनकोशी– ७ मझुवाको निगुली क्षेत्रमा चौथो पटक टिबिएम अवरुद्ध

सुनकोशी– ७ मझुवाको निगुली क्षेत्रमा चौथो पटक टिबिएम अवरुद्ध

सिन्धुली । सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम) जाममा परेपछि सिन्धुलीमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको खन्ने कार्य अवरुद्ध भएको छ । पहिरोले थिचेपछि १३ दिनदेखि डाइभर्सनको सुरुङ निर्माण कार्य रोकिएको जनाइएको हो ।

यसअघि पनि पहिलो पटक सात दिन, दोस्रो पटक नौं दिन र तेस्रो पटक २७ दिन टिबिएम मेसिनमा पहिरो, हिलो लेदो तथा धूलो खसेर टनेल निर्माण अवरुद्ध भएको थियो । जाममा परेको टिबिएम पुनः पहिरो हटाएर सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताइएको छ ।

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय योजनाका प्रमुख मित्र बरालका अनुसार गिलो पहिरो झरेर सुनकोशी– ७ मझुवाको निगुली क्षेत्रमा चौथो पटक टिबिएम अवरुद्ध भएको हो ।

 


Thali Mobile Pvt.Ltd.