भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुनकोशी– ७ मझुवाको निगुली क्षेत्रमा चौथो पटक टिबिएम अवरुद्ध

सुनकोशी– ७ मझुवाको निगुली क्षेत्रमा चौथो पटक टिबिएम अवरुद्ध

सिन्धुली । सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम) जाममा परेपछि सिन्धुलीमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको खन्ने कार्य अवरुद्ध भएको छ । पहिरोले थिचेपछि १३ दिनदेखि डाइभर्सनको सुरुङ निर्माण कार्य रोकिएको जनाइएको हो ।

यसअघि पनि पहिलो पटक सात दिन, दोस्रो पटक नौं दिन र तेस्रो पटक २७ दिन टिबिएम मेसिनमा पहिरो, हिलो लेदो तथा धूलो खसेर टनेल निर्माण अवरुद्ध भएको थियो । जाममा परेको टिबिएम पुनः पहिरो हटाएर सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताइएको छ ।

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय योजनाका प्रमुख मित्र बरालका अनुसार गिलो पहिरो झरेर सुनकोशी– ७ मझुवाको निगुली क्षेत्रमा चौथो पटक टिबिएम अवरुद्ध भएको हो ।

 


Thali Mobile Pvt.Ltd.