भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

आर्थिक वृद्धिदर दोब्बर, तेस्रो त्रैमासमा ४.२ प्रतिशत सुधारको सङ्केत

आर्थिक वृद्धिदर दोब्बर, तेस्रो त्रैमासमा ४.२ प्रतिशत सुधारको सङ्केत

काठमाडौँ, २४ असार । राष्ट्रिय तथ्याङ्क कार्यालयले यस आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म) मा आर्थिक वृद्धिदर दोब्बरले वृद्धि भएर ४.२ प्रतिशत पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा आर्थिक वृद्धिदर २.२ प्रतिशत मात्र रहेको थियो। यस वर्ष विद्युत् उत्पादन तथा वितरण, निर्माण क्षेत्र, वित्तीय र बीमा क्षेत्र, खानी तथा खनिज उत्खनन क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको छ।

यो अवधिमा १८ वटा औद्योगिक क्षेत्रमा धनात्मक वृद्धि देखिएको छ। निर्माण क्षेत्रमा ६.९ प्रतिशत, खानी तथा खनिजमा ६.७ प्रतिशत, र वित्तीय तथा बीमा क्षेत्रमा पनि समुचित वृद्धि भएको छ।

थोक तथा खुद्रा व्यापार क्षेत्रमा कृषि र व्यापारजन्य वस्तुको स्वदेशी उत्पादनमा वृद्धि भई ५.६ प्रतिशत वृद्धिदर देखिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको अर्थतन्त्रमा सुधारका स्पष्ट सङ्केतहरू देखिएको र आगामी दिनमा यो प्रवृत्ति जारी रहने अपेक्षा गरेको छ।

 


Thali Mobile Pvt.Ltd.