भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

मोरङमा पोखरीमा डुबेर दुई बालिकाको ज्यान गयो

मोरङमा पोखरीमा डुबेर दुई बालिकाको ज्यान गयो

काठमाण्डौ । मोरङको ग्रामथानस्थित माछा पोखरीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको ज्यान गएको छ । पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार दुवै बालिकालाई माछा पोखरीमा डुबेर गम्भीर घाइते भएको अवस्थामा बिहान साढे ११ बजेतिर स्थानीयले फेला पारेको बताए ।

पोखरीमा डुबेर घाइते भएका उनीहरुलाई प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो । उनीहरुलाई अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको हुन् ।

 


Thali Mobile Pvt.Ltd.