भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल भ्रमणमा अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर

नेपाल भ्रमणमा अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर

काठमाडौँ, ७ बैशाख । अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर नेपाल आइपुगेका छन्। उनी आज बिहान काठमाडौँ आइपुगेका हुन्। बालेन्द्र शाह को नेतृत्वमा नयाँ सरकार गठन भएपछि यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो।

उनको आज शिशिर खनाल र स्वर्णिम वाग्ले सँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ। अन्य उच्चस्तरीय भेटघाटबारे भने अझै टुङ्गो लागिसकेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिने कपुर दक्षिण तथा मध्य एसिया मामिला हेर्ने जिम्मेवारीमा रहेका छन्। ट्रम्पले तत्कालीन सहायक विदेशमन्त्री डोनाल्ड लु लाई हटाएर २०८१ फागुनमा कपुरलाई उक्त पदमा नियुक्त गरेका थिए।

उनको नियुक्तिपछि भारतीय मूलका भएको विषयमा चर्चा भएको थियो। उनको जन्म भारतमा भएको हो भने उनका बुबा भारतीय र आमा अमेरिकी मूलकी हुन्।

हाल दक्षिण तथा मध्य एसियामा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको परराष्ट्र नीति र कूटनीतिक गतिविधि पनि चर्चामा रहेका बेला कपुरको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

 


Thali Mobile Pvt.Ltd.