भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

नेपाल भ्रमणमा अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर

नेपाल भ्रमणमा अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर

काठमाडौँ, ७ बैशाख । अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर नेपाल आइपुगेका छन्। उनी आज बिहान काठमाडौँ आइपुगेका हुन्। बालेन्द्र शाह को नेतृत्वमा नयाँ सरकार गठन भएपछि यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो।

उनको आज शिशिर खनालस्वर्णिम वाग्ले सँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ। अन्य उच्चस्तरीय भेटघाटबारे भने अझै टुङ्गो लागिसकेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिने कपुर दक्षिण तथा मध्य एसिया मामिला हेर्ने जिम्मेवारीमा रहेका छन्। ट्रम्पले तत्कालीन सहायक विदेशमन्त्री डोनाल्ड लु लाई हटाएर २०८१ फागुनमा कपुरलाई उक्त पदमा नियुक्त गरेका थिए।

उनको नियुक्तिपछि भारतीय मूलका भएको विषयमा चर्चा भएको थियो। उनको जन्म भारतमा भएको हो भने उनका बुबा भारतीय र आमा अमेरिकी मूलकी हुन्।

हाल दक्षिण तथा मध्य एसियामा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको परराष्ट्र नीति र कूटनीतिक गतिविधि पनि चर्चामा रहेका बेला कपुरको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

 


Thali Mobile Pvt.Ltd.