भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

रुसविरुद्धको लडाइँमा प्रत्यक्ष संलग्न हुन साझेदार देशहरूलाई युक्रेनी राष्ट्रपतिको अपिल

रुसविरुद्धको लडाइँमा प्रत्यक्ष संलग्न हुन साझेदार देशहरूलाई युक्रेनी राष्ट्रपतिको अपिल

युक्रेन।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्धको लडाइँमा प्रत्यक्ष संलग्न हुन साझेदार देशहरूलाई अपिल गरेका छन् । रुसलाई परास्त गर्न आफूले साझेदार देशहरूबाट प्रत्यक्ष संलग्नताको अपेक्षा गरेको पनि उनले बताए ।

कतारी सञ्चारमाध्यम अल जजिराका अनुसार जेलेनेस्कीले सबैजसो पश्चिमा हतियारको प्रयोगको अनुमति दिन पनि माग गरेका छन् । रुसले सन् २०२२ मा आक्रमण शुरु गरेदेखि युक्रेनमा हजारौँ मिसाइल र ड्रोनहरू प्रहार गरेको छ ।

रुसले युक्रेनविरुद्ध तीन सय वटा विमान प्रयोग गरिरहेको बताउँदै जेलेनेस्कीले रुसविरुद्ध आकाशमै प्रतिरोध गर्न कम्तीमा एक सय ३० वटाभन्दा धेरै लडाकु विमान चाहिएको र यो सहयोग नाटो तथा पश्चिमा देशले गर्न सक्ने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.