भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

एमाले नेता अधिकारीको जापान काण्डमा भेटिए तस्करसँग तथ्य, होटेल र सपिङ खर्च महेशले व्यहोर्ने योजना

एमाले नेता अधिकारीको जापान काण्डमा भेटिए तस्करसँग तथ्य, होटेल र सपिङ खर्च महेशले व्यहोर्ने योजना

काठमाडौं । पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीमा संलग्न रहेका पर्याप्त आधार भेटिएका छन् । अनुसन्धानका क्रममा प्रहरीले तस्करीमा संलग्न समूह र अधिकारीबिच भएका टेलिफोन संवाददेखि जापान लैजान लागिएका युवाहरूको फोटो र एसएमएस आदान–प्रदानसम्मका तथ्य फेला परेका हुन । त्यसकै आधारमा उनलाई आइतबार पक्राउ गरिएको हो ।

प्रहरीले उनीमाथि मानव बेचबिखन तथा ओसारपसार र लिखत किर्ते कसुरमा अनुसन्धान गरिरहेको छ । अधिकारीविरुद्ध जिल्ला अदालत काठमाडौंले विस्तृत अनुसन्धानका लागि भन्दै दुई दिनको म्याद थप गरेको गरेको छ । आइतबार पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरीले अधिकारीलाई विराटनगरस्थित निवासबाट पक्राउ गरेको थियो । जहाजबाट काठमाडौं ल्याइएका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको छ ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले अभियुक्तको बयानमा मन्त्री अधिकारीको नाम आएपछि पक्राउ गरिएको बताए । प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार र किर्ते कसुरअन्तर्गत निवर्तमान मन्त्री अधिकारीसहित धादिङ त्रिपुरासुन्दरी गापा– ६ का महेश पाण्डे, नुवाकोटको विदुर नपा– ७ का जुगल रिजाल र दोलखाको जिरी नपा– ९ का वीरबहादुर सुनुवारविरुद्ध म्याद थप भएको छ ।

मन्त्री अधिकारीसहित जापान हिँडेका चारजनालाई १५ दिनको भिजिट भिसा लगाइएको थियो । तर, कार्यक्रमको अवधि भने सात दिन मात्रै थियो । जापान पुगेपछि मन्त्री अधिकारी फिर्ता हुने, तर दावा, कञ्चन र जनक भने लुक्ने योजना थियो । सोही प्रयोजनका लागि उनीहरूले महेशलाई जनही १० देखि १३ लाख रुपैयाँ बुझाएका थिए । यसबापत मन्त्री अधिकारीको एयर–फेयर टिकट, होटेल र सपिङ खर्च महेशले नै व्यहोर्ने योजना थियो ।

 


Thali Mobile Pvt.Ltd.