भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

गृहमन्त्रीलाई एमालेको सुझावः होइन भने नैतिकताको आधारमा राजीनामा दिनुस्

गृहमन्त्रीलाई एमालेको सुझावः होइन भने नैतिकताको आधारमा राजीनामा दिनुस्

काठमाडौं । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । बाढी, पहिरो र डुबानलगायत प्राकृतिक प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको र कार्ययोजना बनाएर काम गर्न नसकेको भन्दै उनले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद मैनालीले पछिल्लो एक महिनामा प्राकृतिक प्रकोपमा परी ६७ जना मानिसको मृत्यु भएको बताए ।

तमाम समस्याका बाबजुत सरकार कानमा तेल हालेर बसेको टिप्पणी गर्दै उनले थपे, ‘यो सबै घटनाको तत्काल जवाफ दिन माग गर्छु । होइन भने नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने सुझाव दिन चाहन्छु ।’

 


Thali Mobile Pvt.Ltd.