भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

एशिया–प्रशान्त क्षेत्रमा सन् २०३० सम्म ४० प्रतिशतले विपद् जोखिम बढ्ने प्रक्षेपण

एशिया–प्रशान्त क्षेत्रमा सन् २०३० सम्म ४० प्रतिशतले विपद् जोखिम बढ्ने प्रक्षेपण

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको विपद् जोखिम न्यूनीकरण कार्यालय (युएनडीआरआर) ले एशिया–प्रशान्त क्षेत्रमा विपद्को जोखिम सन् २०३० सम्म ४० प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । जलवायु परिवर्तन, जोखिम घटाउने काममा भइरहेको ढिलाई, अव्यवस्थित बस्ती तथा संरचना विस्तार लगायतका कारण विपदको जोखिम बढ्ने युएनडीआरआरको निष्कर्ष छ ।

विपद् जोखिम न्यूनीकरणसम्बन्धी एशिया प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा युएनडीआरआरको एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय प्रमुख मार्को टोस्कानो–रिभाल्टाले एशिया–प्रशान्त क्षेत्रमा जोखिम न्यूनीकरणभन्दा पनि जोखिम बढाइरहेको बताए । अहिलेको प्रक्षेपणले सन् २०१५ मा सेन्डाई फ्रेमवकमा निर्धारण गरिएका विपद् जोखिम न्यूनीकरणको लक्ष्यबाट एशिया –प्रशान्त क्षेत्रका देशहरु टाढा गइरहेको सङ्केत गर्ने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.