भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

किएभमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २ जनाको मृत्यु

किएभमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २ जनाको मृत्यु

एजेन्सी, १३ पुष ।  युक्रेनको राजधानी किएभमा रुसले क्षेप्यास्त्र र ड्रोनद्वारा आक्रमण गरेको छ। यसले रुस शान्ति प्रक्रियाप्रति गम्भीर नभएको स्पष्ट सन्देश दिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ।

बीबीसीका अनुसार आक्रमणमा कम्तीमा दुई जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन्। आक्रमणका कारण किभ र आसपासका क्षेत्रमा करिब ४० प्रतिशत आवासीय भवनमा विद्युत् आपूर्ति अवरुद्ध भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

यसैबीच, रुसको रक्षा मन्त्रालयले युक्रेनको सैन्य संरचनासँग सम्बन्धित ऊर्जा केन्द्रहरूमा ‘सटीक हतियार’ प्रयोग गरिएको दाबी गरेको छ। युक्रेनी आपतकालीन सेवाले वृद्धाश्रमबाट ६८ जनाको उद्धार गरेको जानकारी दिएका छन्।

आक्रमणपछि राष्ट्रपति जेलेन्स्की अमेरिका प्रस्थान गर्नुभएको छ। उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग २० बुँदे नयाँ शान्ति योजनाबारे छलफल गर्ने कार्यक्रम तय भएको छ।

 


Thali Mobile Pvt.Ltd.