एक लाख २२ हजार बालबालिकालाई दादुरा खोप दिइँदै, खोप केन्द्रमा मस्वास्व र स्वास्थ्यकर्मी परिचालन

एक लाख २२ हजार बालबालिकालाई दादुरा खोप दिइँदै, खोप केन्द्रमा मस्वास्व र स्वास्थ्यकर्मी परिचालन

भक्तपुर । सरकारको निर्णय अनुसार भक्तपुरमा नौ महिनादेखि १५ वर्षमुनिका एक लाख २२ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने भएको छ । फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन भएको हो । यसैबीच सूर्यविनायक नगरकापालिका चाँगुनारायण नगरपालिका, मध्यपुरथिमी नगरपालिका र भक्तपुर नगरपालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरले अभियान विद्यालय केन्द्रित रहेने जनाएको छ ।

२५० जना बालबालिका बराबर एउटा खोप केन्द्र हुने र त्यसमा नियमित खोप कार्यक्रममा छुट भएका बालबालिकालाई लक्षित गरी दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत शान्तिराम खतिवडाले बताए । दादुरा–रुवेला सरुवा रोग भएकाले खोप नलाएका एक जनामात्रै भए पनि त्यसले अन्यलाई संक्रमण गराउँने भएकाले यो अभियान सञ्चालन भएको उनको भनाइ छ ।

भक्तपुरमा ३ वर्षमा ६४४ जना बालबालिका ड्रप आउट भएको तथ्याङ्क छ । अभियानअन्तर्गत ड्रप आउट भएकासँगै नियमित खोप पनि लगाइने छ । कार्यक्रममा चारवटै नगरपालिकाका मेयरहरुले आफ्नो नगरमा पूर्ण खोप सुनिश्चित गरिएको बताएका छन् । यसको लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरिएको जानकारी दिएका छन् ।

नगरको समृद्धिका लागि शारीरिक तथा मानसिक सबै दृष्टिले स्वस्थ, सक्षम र सबल बनाउँन यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको मेयरको भनाइ छ । स्वास्थ्य क्षेत्रमा बजेट व्यवस्थापन, स्वास्थ्यकर्मीहरुको वृत्तिविकास, सेवा सुविधा र नीतिगत व्यवस्थापन गर्न नगरपालिकाहरु सहज वातावरण बनाउँन जुटेका छन् । रोग लागेपछि उपचारमा लैजाने भन्दा रोग नै लाग्न नदिने पालिकाहरुले नीति लिएका छन् ।

सोहीअनुसार अनुगमन तथा सुपरिवेक्षणमा पनि जोड दिएका छन् । कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिन गम्भीर भएको प्रमुख प्रशासकीय अधिकृतले बताएका छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखहरुपनि सत्यकुमार दुवालले अभियानअन्तर्गत चाँगुनारायणमा १८ हजार ६४२ बालबालिकालाई दादुरा–रुवेलाको खोप दिने लक्ष्य रहेको जानकारी दिए । खोप केन्द्रमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरू परिचालन छन् ।

 


Thali Mobile Pvt.Ltd.