भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या

रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या

काठमाण्डौ । पाँच पर्वतारोहीको शव अझै संकलन भइसकेको छैन् । धवालागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीको शव एक हप्ता भइसक्दा पनि सङ्कलन हुन नसकेको हो । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको हो । अनुकुुल मौसम भएमा सोमबार शव ल्याउन हेलिहप्टरमा उद्धार टोली पठाउने प्रहरीले जनाएको छ ।

नौ पर्वतारोही बिचमै आरोहण रद्द गरेर फर्किएका थिए । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

आधार शिविरमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु गएको असोज २१ देखि सम्पर्कबिहिन भएकोमा २३ गते शव भेटिएको थियो । ‘आइ एम ट्रेकिङ एण्ड एक्सपीडिसन’मार्फत रुसका १४ पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए ।

 


Thali Mobile Pvt.Ltd.