भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

निकै आक्रमक र चलाख ध्रुबेलाई तेस्रो पटक स्याटलाइट कलर जडान गरेर छोडियो

निकै आक्रमक र चलाख ध्रुबेलाई तेस्रो पटक स्याटलाइट कलर जडान गरेर छोडियो

काठमाडौं । जंगली हात्ती ‘ध्रुबे’ को शरीरमा तेस्रो पटक स्याटलाइट कलर जडान गरिएको छ । चितवन र आसपासका क्षेत्रमा बेला बेलामा आतंक मच्चाउँदै आएको ध्रुबेलाई डार्ट हानेर बेहोस बनाएर घाँटीमा स्याटलाइट कलर जोडिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको सुखिभार पोष्ट नजिकै ध्रुबेलाई डार्ट हानेर घाँटीमा स्याटलाइट कलर जोडिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । स्याटलाइट कलर जोडेपछि अब ध्रुबे कहाँ छ भनेर थाहा पाउन सकिने र बस्तीतिर आए तत्काल नियन्त्रण गर्न सकिने निकुञ्जले जनाएको छ । ध्रुबेले अहिलेसम्म २२ जनाभन्दा बढीको ज्यान लिइसकेको छ ।

निकुञ्ज प्रशासन, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र हात्तीसार लगायतको टोलीले नियन्त्रणमा लिएका थिए । चितवन निकुञ्जमा ध्रुबे, रोनाल्डो, गोबिन्दे र मकुना नामका जंगली भाले हात्ती लगायत करिब ५० वटा जंगली हात्ती रहेका छन् ।

ध्रुबेबाट हुने आक्रमणबाट क्षति कम गर्नका लागि उसको दाह्रा समेत काटेर जंगलमा छाडिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । माडी र जगतपुर क्षेत्रका वस्तीमा पसेर आतंक मच्याउन थालेपछि निकै आक्रमक र चलाख ध्रुबेलाई निगरानीमा राखिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.