भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

विराटनगर विमानस्थलमा स्रोत नखुलेको २७ लाखसहित दुई यात्रु पक्राउ

विराटनगर विमानस्थलमा स्रोत नखुलेको २७ लाखसहित दुई यात्रु पक्राउ

मुख्य बुँदा 

विराटनगर विमानस्थलमा २७ लाखसहित दुई यात्रु पक्राउ

एक नेपाली र एक भारतीय नागरिक नियन्त्रणमा

अलग–अलग दिनमा सुरक्षा जाँचका क्रममा पक्राउ

झोलाभित्र लुकाइएको नगद बरामद

थप अनुसन्धानका लागि प्रहरी हिरासतमा

मोरङ, २० बैशाख । विराटनगर विमानस्थलमा सुरक्षा जाँचका क्रममा स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित दुई जना यात्रु पक्राउ परेका छन्। दुई दिनको अवधिमा अलग–अलग घटनामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

विराटनगरबाट काठमाडौँ जान लागेका फरक–फरक एयरलाइन्सका यात्रुहरूले झोलाभित्र अवैध नगद लुकाएको अवस्थामा रकम फेला परेको हो। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्।

पहिलो घटना शुक्रबार साँझ करिब ८ बजे भएको हो। बुद्ध एयरको उडानमार्फत काठमाडौँ जान लागेका सुनसरी धरान–१८ का ३५ वर्षीय दिलीप तामाङलाई शंकास्पद गतिविधिका आधारमा चेकजाँच गर्दा उनको झोलाबाट ११ लाख रुपैयाँ स्रोत नखुलेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसको भोलिपल्ट शनिबार दिउँसो ३:३५ बजे पुनः अर्को घटना भएको हो। श्री एयरलाइन्समार्फत काठमाडौँ जान लागेका भारत माल्दा जिल्लाका ३६ वर्षीय मोहिदिल अलिको झोलाबाट १५ लाख ९८ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै घटनामा कुल २६ लाख ९८ हजार रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई बरामद रकमसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

 


Thali Mobile Pvt.Ltd.