भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

भदौ ४ गते विश्वासको मत लिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य

भदौ ४ गते विश्वासको मत लिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ ४ गते विश्वासको लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको भदौ ४ गते बस्ने चौथो अधिवेशनको २५औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने भएका छन् ।

एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य साउन ७ गते नेपाली काङ्ग्रेस र नेकपा एमालेका ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले अझै सरकारलाई पूर्णता दिन भने सकेका छैन ।

काङ्ग्रे र एमाले बाट चाररचार जना मन्त्री नियुक्त गरे पनि तीन वटा मन्त्रालय अझै खाली छन् । सत्ता गठबन्धनका दुई दल कांग्रेस र एमाले कांग्रेसबाट थप मन्त्री बनाउनुपर्ने दबाब मुख्यमन्त्री आचार्यलाई रहेको छ । साना दललाई पनि सरकारमा सहभागी बनाएर अघि बढ्ने मनस्थितिमा आचार्य रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.