भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चार प्रदेशका केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना

चार प्रदेशका केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, ११ फागुन । आज देशका केही प्रदेशमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली भएको मौसमविद्ले बताएका छन्।

आज काठमाडौँ उपत्यकामा आंशिक बदली रहने सम्भावना रहे पनि वर्षा हुने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.