भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कीर्तिपुरमा मरेका कागमा बर्डफ्लु पुष्टि, त्रिवि परिसरमा सतर्कता बढाइयो

कीर्तिपुरमा मरेका कागमा बर्डफ्लु पुष्टि, त्रिवि परिसरमा सतर्कता बढाइयो

काठमाडौँ, ११ फागुन । काठमाडौँको कीर्तिपुर नगरपालिका अन्तर्गत त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा मरेका कागमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ।

कीर्तिपुर नगरपालिका र पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मरेका कागहरू सङ्कलन गरी व्यवस्थापन गर्ने कार्य सुरु गरेको छ। हिजोसम्म ६८ वटा काग सङ्कलन गरी पुर्ने काम गरिएको छ भने बाँकी कागहरू आज पनि सङ्कलन गरेर व्यवस्थापन गरिने नगरपालिकाको पशुसेवा शाखाले जनाएको छ।

पशुसेवा प्रमुख सुशीला गैरेका अनुसार करिब एक हप्ताअघि स्थानीयले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यान क्षेत्रमा कागहरू मरेको जानकारी दिएका थिए। त्यसपछि परीक्षणका लागि १० वटा काग पशु स्वास्थ्य विभागको प्रयोगशालामा पठाइएको थियो।

प्रयोगशालामा गरिएको परीक्षणपछि ती कागमा बर्डफ्लु पुष्टि भएको हो। पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायका अनुसार मरेका कागमा एच५एन१ (H5N1) र एच९एन (H9N) दुवै प्रकारका बर्डफ्लु भाइरस देखिएको छ।

काग डुलुवा पक्षी भएकाले फिरन्ते चरामार्फत संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ। सम्बन्धित निकायले क्षेत्र आसपास सतर्कता बढाउन, मरेका पक्षी नछुन र कुनै शंका लागेमा तुरुन्त जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेका छन्।

बर्डफ्लु पुष्टि भएसँगै सम्बन्धित निकायहरूले संक्रमण थप फैलिन नदिन निगरानी र नियन्त्रणका उपायहरू कडाइका साथ अघि बढाएका छन्।

 


Thali Mobile Pvt.Ltd.