भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव, पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि अनुमान

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव, पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि अनुमान

काठमाडौं, २४ बैशाख ।  हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यस्तै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका केही स्थानमा पनि चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने तथा मधेससहित अन्य प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले चट्याङ, वर्षा तथा हिमपातबाट हुन सक्ने प्रभावबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.