भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव, पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि अनुमान

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव, पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि अनुमान

काठमाडौं, २४ बैशाख ।  हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यस्तै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका केही स्थानमा पनि चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने तथा मधेससहित अन्य प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले चट्याङ, वर्षा तथा हिमपातबाट हुन सक्ने प्रभावबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.