भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौँ, ७ फागुन । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ। अन्य अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। हिमाली भेगमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली हुने तथा बाँकी क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा तथा अन्य पहाडी र हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। आज राति पनि तराईका केही स्थानमा तुवाँलो लाग्ने जनाइएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश तथा अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम सफा रहनेछ।

महाशाखाले सम्भावित वर्षा, हिमपात र तुवाँलोका कारण यातायात सञ्चालन, कृषिकर्म तथा दैनिक जनजीवनमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.