भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौँ, ७ फागुन । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ। अन्य अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। हिमाली भेगमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली हुने तथा बाँकी क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा तथा अन्य पहाडी र हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। आज राति पनि तराईका केही स्थानमा तुवाँलो लाग्ने जनाइएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश तथा अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम सफा रहनेछ।

महाशाखाले सम्भावित वर्षा, हिमपात र तुवाँलोका कारण यातायात सञ्चालन, कृषिकर्म तथा दैनिक जनजीवनमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.