काठमाडौं । महिलाहरू अझैपनि समान अवसरबाट वञ्चित भइरहेको महिला सुरक्षा दवाव समूह नेपालको दावी छ । राजधानीमा आयोजित सस्थाको ३१ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा मन्तव्य दिनु हुदै साँसद भगवती चौधरीले यस्तो बताएकी हुन ।
सो कार्यक्रममा सस्थाकी अध्यक्ष कल्याणी शाहले निर्णायक तहमा महिलालाई अवसर दिन हिचकिचाउने परिपाटी बढिरहेकाले यसको अन्त्य गर्न जरुरी रहेको बताइन् । महिला आफैँ जागरुप हुने समय आएको धारणा राख्दै हरेक तह र तप्कामा महिलाको पनि उत्तिकै भूमिका रहने जिकिर गरिन् ।
कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले महिलालाई हेर्ने दृष्टिकोणमा केही फरक आएको भए पनि पदीय जिम्मेवारी दिन अझै रोक लगाउने प्रवृत्ति हावि हुदै गएको प्रति चिन्ता व्यक्त गरे । अझै पनि महिला हिंसामा पर्ने गरेको तथ्याङ्क रहेको भन्दै उनीहरुले घरायसी कामकाजभन्दा पनि महिलालाई उद्यमशीलता तर्फ प्रेरित गर्नुपर्ने धारणा राखे ।
महिला आफैँ उद्यमी बन्न सके घरेलुहिंसा कम हुने विश्वास उनीहरुको छ । वार्षिक उत्सवको अवसरमा सावित्री थापा अग्रणी महिला सम्मान कोषद्वारा महिला अधिकार समानता तथा सशक्तिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
आफ्नो जीवनको लामो समयदेखि बौद्धिक अगाङ्गता भएका महिला बालबालिकाको क्षेत्रमा योगदान गरेको भन्दै सुवर्ण केशरी चित्रकार र कार्पेट उत्पादन तथा निर्यातको क्षेत्रमा ठूलो योगदान पु¥याएको भन्दै सुलोचना श्रेष्ठ शाहलाई सम्मान गरिएको हो । उक्त सम्मान महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीको हातबाट प्रदान गरिएको थियो ।
सस्थाका केन्द्रीय सदस्य कमला उप्रेतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य शुसिला श्रेष्ठ, सस्थाका महासचिव विजया श्रेष्ठ केसीलगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिले आआफ्नो धारणा राखेका थिए । सस्थाका कोषाध्यक्ष विमला तुनखेवाले सहजिकरण गरेको कार्यक्रमा सम्मान पत्र वाचन मिना स्वर्णकारले गरेकी थिइन् ।
स्वार्गीय साहना प्रधानले लामो समयसम्म नेतृत्व गरेको महिला सुरक्षा दवाब समुह दुई दशकबढी समयदेखि महिला हक हितका विषयमा केन्द्रीत रहेर काम गर्दै आएको सस्था हो । कार्यक्रमा फरक क्षेमता भएका व्यक्तिहरुले साँस्कृतिक प्रस्तुति पनि राखेका थिए ।

