भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

काठमाडौंबाट तीन जना पक्राउँ, विदेश पठाउँछु भन्दै रकम लिएको आरोप

काठमाडौंबाट तीन जना पक्राउँ, विदेश पठाउँछु भन्दै रकम लिएको आरोप

काठमाडौँ । पछिल्लो समय विदेश पठाउँछु भन्दै ठग्ने गिरोह निकै सक्रिय छ । विश्विका विभिन्न देशमा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेका छन ।

रोजगारीको खोजीमा रहेका युवाहरूलाई विदेश पठाउँछु भन्दै ठग्नेहरु धेरै छन्  । उनीहरूलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिम घर भएका ३९ वर्षीय रुपेश राज गिरी, स्याङ्जा घर भएका ४५ वर्षीय राजु ढकाल, र धनुषा घर भएका २२ वर्षीय युवराज ठाकुर छन् । काठमाडौँको सुकेधारा बस्ने गिरीले रोमनिया पठाउँछु भनेर देव सिंह महता सहितका पीडितहरूबाट ८ लाख नगद लिएका हुन् ।

राजु ढकालले दुबई पठाउँछु भनेर २ लाख ५० हजार र युवराज ठाकुरले पोल्याण्ड पठाउँछु भनेर ८ लाख ठगी गरेको प्रहरीले जनाएको छ । आकर्षक तलब आउने काम मिलाइदिने गरी विदेश पठाउँछौँ भनेर रकम लिएपछि आरोपीहरू फरार भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.