भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चौँरीपालनमा किसानको घट्दो आकर्षण,चरन अभाव मुख्य कारण

चौँरीपालनमा किसानको घट्दो आकर्षण,चरन अभाव मुख्य कारण

काठमाडौं । भोजपुरमा चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ। चौँरीको दूधबाट उत्पादित परिकारको बजारमा राम्रो माग भए पनि व्यवसायमा किसानको आकर्षण घटेको हो ।

चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय संकटमा परेको किसान बताउँछन्। एक दशकअघिसम्म मैयुङ क्षेत्रमा सयौँको सङ्ख्यामा हुने चौँरीगोठ अहिले आठ/दश वटामा सीमित रहेको स्थानीय चौँरीपालक कृषक प्रविन राईले बताए। पछिल्लो समयमा चौँरीपालक कृषकको मुख्य समस्या चरन क्षेत्र बनेको गुनासो उनले गरे।

सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाएपछि व्यवसायलाई प्रत्यक्ष असर परेको किसान राईले बताए। चौँरीलाई चरनका लागि प्रशस्त घाँसेमैदान चाहिने भए पनि अहिले चरन क्षेत्र अभाव हुँदै गएको उनको भनाइ छ।

‘चौँरीको दूधबाट बन्ने सामग्रीको बजारमा राम्रो माग छ’, किसान राईले भने, ‘तर चौँरीपालन गर्ने किसानको सङ्ख्या बर्सेनी घट्दै गएको अवस्था छ।किसानको मुख्य समस्या नै चरन क्षेत्र बनेको छ।चरन अभाव हुँदा व्यवसाय नै संकटमा पर्ने अवस्था छ’, उनले भने।

चौँरीको दूधबाट उत्पादित वस्तु स्थानीय बजारसँगै गोठबाट नै बिक्री हुने किसानको भनाइ छ। चौँरीको घ्यू तथा छुर्पीको माग धेरै रहेको किसान राईले बताए। नौनी घ्यू गोठबाट धार्नीको रु दुई हजार पाँच सयमा बिक्री हुँदै आएको गोठवालाहरूको भनाइ छ। छुर्पी प्रतिकेजी ८०० देखि एक हजारसम्म बिक्री हुने गरेको छ।यहाँको मैयुङडाँडा, सिलिचुङ साउनेडाँडालगायत माथिल्लो भेगमा चौँरीको व्यावसायिक पालन हुने गरेको छ। चौँरीलाई किसानले बर्खाको समयमा माथिल्लो भेग र चिसो मौसम शुरु भएपछि गाउँघरका खेतबारीमा झर्ने गरेका छन्।

चरन अभावमा परम्परागत व्यवसाय सङ्मकटमा पर्दै गएको किसान विमल राईले बताए। चरनका लागि एक दिनमा चौँरीले सरदरमा १२ देखि १५ किलोमिटर घुम्ने उहाँको भनाइ छ।सीमित ठाउँमा चराउँदा घाँस अभाव तथा सहज रूपमा घुम्न नपाउँदा चौँरी नफस्टाउने उनको भनाइ छ।

पछिल्लो समय चौँरीका लागि चाहिने पोसिलो घाँस मासिँदै गएको अवस्था छ। यसले पनि व्यवसायमा असर पुगेको छ। चौँरीको चरन क्षेत्रको व्यवस्थापनमा पहल हुनुपर्ने यहाँका किसानको माग छ।

चौँरीले बढी चिसो सहन सक्ने भएकाले दुई हजार मिटरदेखि उच्च हिमाली क्षेत्रको पाँच हजार मिटरसम्मको उचाइमा पाल्न सकिने पशु विज्ञहरूको भनाइ छ। रासस

 


Thali Mobile Pvt.Ltd.